लगानी बढाउन राष्ट्र बैंकको जोड

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले स्थानीय उत्पादन बढाउने गरी कर्जा प्रवाहमा केन्द्रित हुन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बुधबार केन्द्रीय बैंकका उच्च अधिकारी र बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा राष्ट्र बैंकले गरेको ‘फिल्ड भिजिट’को निष्कर्ष सुनाउँदै गभर्नर डा. विश्व पौडेलले यस्तो निर्देशन दिएका हुन् । कर्जा नपाएकै कारण ग्रामीण भेगमा मिटरब्याजी फेरि सक्रिय भएको उनको भनाइ थियो । बुधबार दिउँसोबाट सुरु भएको छलफल रातीसम्म चलेको बैठकमा गभर्नर पौडेलले कृषि, साना तथा मझौला उद्यममा लगानी बढाउने गरी नयाँ ‘प्रोडक्ट’ ल्याउन आग्रह गरे । उनले बैंकका शाखा प्रबन्धकहरू निक्षेप संकलनमा मात्रै केन्द्रित भएको र कर्जा प्रवाहमा चासो नदिएको भन्दै असन्तुष्टि पोखे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्