आज मौद्रिक नीतिको समीक्षा हुँदै, राष्ट्र बैंक बोलायो बोर्ड बैठक

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ। समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ। त्यस्तै, नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ। निक्षेप सङ्कलन दर भने २.७५ प्रतिशतमा यथावत राखिएको छ। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाइएको छ। अब यस्तो कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ कायम गरिएको छ। यसैगरी बैंकले  बैंकहरूले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको भन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने बाध्यात्मक व्यवस्था खारेज गरेका छन्।

त्यस्तै,नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको समीक्षा गर्दैछ । गत असार २७ गते सार्वजनिक गरिएको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्न लागिएको हो । यसका लागि आज राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) को बैठक बोलाइएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. सञ्जय मिश्रले जानकारी दिए । सञ्चालक समितिको बैठकबाट पारित आजै समीक्षा सार्वजनिक गर्ने कार्यक्रम छ । प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्