प्रधानमन्त्रीको सचिवालयमा अब ६ जना मात्रै

Machchapuchchre Bank

Artharajniti  ~  प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयका भएका व्यक्तिहरुको नियुक्ति प्रक्रियामा प्रश्न उठेपछि ६ जना मात्र रहने गरी अन्य सबैलाई हटाएकी छन् ।प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमतीसहितका नातेदारलाई नियुक्ति दिलाएको खबर बाहिरिएसँगै प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धता र नातावादविरुद्धको निष्ठामाथि नै प्रश्न उठेको थियो । त्यसपछि प्रधानमन्त्रीले बुधबार सचिवालयमा नियुक्त भएका व्यक्तिको संख्या कटौती गरेकी हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार, प्रधानमन्त्रीको सचिवालयमा अब ६ जनामात्रै रहनेछन् । जस अनुसार, मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ, प्रेस संयोजक रामबहादुर रावल, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) केशव थापा र जनस्वास्थ्य विज्ञ (अवैतनिक) डा. मनबहादुर केसी रहनेछन् ।प्रधानमन्त्री कार्यालयले विगतका प्रधानमन्त्रीहरूले ६६ जनासम्मको सचिवालय विस्तार गर्ने गरेको भए पनि यसपटक जम्मा २० जनाको मात्रै बनाइएको थियो । अहिले उक्त संख्या घटाएर ६ जनाको मात्रै बनाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार, १४ जनाको नियुक्ति खारेज भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्