गुडविल फाईनान्स र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

Machchapuchchre

काठमाडौं । एनआईबिएल सहभागिता फण्डको इकाईहरुको खरिद बिक्रीलाई सहजीकरण गर्नका लागि गुडविल फाईनान्स र मुक्तिनाथ विकास बैंकबीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा, गुडविल फाईनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र मुक्तिनाथ बिकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल प्रसाद गुरुङ्गले हस्ताक्षर गरेका हुन् ।

गुडविल फाइनान्स तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट यहि माघ १ गते देखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानीकर्ताहरुले खरिद बिक्री गर्न सक्नेछन् । यसअघि सो योजनाका इकाईहरुको कारोबार नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट असोज २७ गतेदेखि हुदैं आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्