Artharajniti ~ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न आग्रह सबै गरेका छन् । संविधानको रक्षा र आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको उनको भनाइ छ । हिजो बारामा जेनजी र एमाले कार्यकर्ताबिच झडपको प्रसंगमा उनले संयमित बन्न र निर्वाचनको वातावरण नबिगार्न आह्वान गरेका छन् । ‘संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो,’ डा. कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन् । संयमित बनौं, निर्वाचनको वातावरण नबिगारौं ।’
डा. कोइराला :– “संयमित बनौं, निर्वाचन वातावरण नबिगारौं “



