जाँचबुझ आयोगको निर्णय : खापुङलाई विदेश जान रोक

Machchapuchchre Bank

Artharajniti ~  आजैबाट अवकाश पाएका नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङलाई  जाँचबुझ आयोगले विदेश जान रोक लगाइएको छ । साथै खापुङले उपत्यका छाड्न समेत अनुमति लिनुपर्ने भएको छ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो । जेनजी पुस्ताको आन्दोलनका घटनाबारे जाँचबुझ गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्