मतदाता नामावली दर्ता सहज बनाउन आयोगलाई सरकारको आग्रह

Machchapuchchre Bank

Artharajniti  ~ सरकारले निर्वाचन आयोगलाई मतदाता नामावली दर्ता प्रक्रिया सहज छिटो बनाउन र कार्यसमय समेत बढाउन आग्रह गरेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने अन्तिम मिति नजिंकिंदा देशभरका दर्ता केन्द्रमा भीड बढेपछि सरकारले दर्ता प्रक्रिया सहज बनाउन र कार्यसमय पनि बढाउन भनेको हो । फागुन २१ गते तोकिएको निर्वाचनका लागि हाल मतदाता नामावली दर्ता प्रक्रिया जारी छ । नामावली दर्ताका लागि कात्तिक ३० गतेसम्म समय तोकिएको छ । मतदाता नामावली दर्ताका क्रममा जनशक्ति अभाव, प्राविधिक समस्या तथा सेवाग्राहीले लामो समय कुर्नुपरेको गुनासो बढिरहेको छ ।खासगरी प्री–इनरोलमेन्ट फारममा मतदान केन्द्र छनोट गर्न नपाइनु, नागरिकता नम्बर प्रविष्ट गरिँदा समेत सिस्टमले नाम दर्ता अस्वीकार गर्ने समस्या देखिनु तथा जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्य र अशक्त व्यक्तिले नाम दर्तामा कठिनाइ भोग्नुपरेको गुनासो छ ।

प्रधानमन्त्री कार्यालयले मतदाता नामावली संकलन कार्य तोकिएको म्यादभित्र सम्पन्न गर्न नसकिने अवस्था देखिएमा कात्तिक ३० गतेसम्मको म्याद पुनरावलोकन गर्न समेत भनेको छ । प्राविधिक समस्याले दर्ता कार्य प्रभावित भएपछि सरकारले देशभरका निर्वाचन कार्यालयहरूमा बढ्दो चापअनुसार कार्यसमय तथा सिफ्ट थप गर्न र आवश्यक परे अतिरिक्त कर्मचारी परिचालनका लागि सम्बन्धित निकायसँग समन्वय गर्न भनेको छ । त्यसैगरी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा रहेका तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गर्न मिल्ने व्यवस्था गर्न आवश्यक प्राविधिक तथा कानूनी प्रक्रिया अघि बढाउन सुझाव दिइएको छ ।यसबारे आवश्यक सहजीकरणका लागि गृहमन्त्रालयलाई समेत बोधार्थ पठाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्