Artharajniti ~ नेकपा (एमाले)ले विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठक बोलाएको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिरहेको एमालेले भने यसलाई संसदीय दलको बैठक भनेको छ। एमाले केन्द्रीय सदस्य महेश बर्तौलाका अनुसार मंसिर २ गते १ बजेका लागि बैठक डाकिएको हो।‘मुलुकमा विकसित अहिलेको असमान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा बैठक डाकिएको हो’, विघटित प्रतिनिधि सभाका एमाले प्रमुख सचेतक समेत रहेका महेश बर्तौलाले भने, ‘बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको छ। नेकपा एमालेका सांसदरुले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरिरहेका छन्। उनीहरुले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा हस्ताक्षर बुझाउने तयारी गरिरहेका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीशहरुले ‘कोही पनि सांसद किन प्रतिनिधि सभा विघटन विरुद्ध मुद्दा लिएर आएनन्’ भनेर अधिवक्ताहरुलाई प्रश्न गरेका थिए।



