५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

Machchapuchchre Bank

Artharajniti  ~  बैंक तथा वित्तीय संस्थाहरूमा पछिल्लो समय रहेको अधिक तरलता नेपाल राष्ट्र बैंकले निरन्तर रूपमा तान्दै आएको छ । राष्ट्र बैंकले हप्तामा दुई दिन आइतबार बुधवार निरन्तर रूपमा बैंकहरुको निक्षेप खिच्दै आएको छ । आइतबार मात्रै  ९० अर्ब निक्षेप तानेको राष्ट्र बैंकले बुधवार ५० अर्ब रुपैयाँ निक्षेप तान्न लागेको हो । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्