Artharajniti ~ हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ ।प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन । बीबीसीका अनुसार सर्वजनिक गरिएका सूचीमा रहेका नामहरूमा बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ-चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान एन्ग्रेस्ट,एइतान मोर,गाली बर्मन,जिभ बर्मन,ओम्री मिरान,अलोन ओहेल,गाइ गिल्बोआ-डलाल,रोम ब्रास्लाब्स्की एरिएल कोनियो छन् । हमासका बन्धकहरुलाई अन्तर्राष्ट्रिय रेडक्रसको रोहबरमा इजरायल सेनालाई जिम्मा लगाइने छ । बन्धकहरु रिहाइ हुने भएपछि गाजा स्ट्रिपमा अहिले अन्तर्राष्ट्रिय रेडक्रमका प्रतिनिधिहरु पुगिसकेका छन् ।
हमासद्वारा रिहा हुने २० जना बन्धकहरूको सूची सार्वजनिक
