Artharajniti ~ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहका विगतका कमजोरीहरूबाट पाठ सिक्दै यसलाई ऐतिहासिक परिवर्तनकारी ध्येय सम्म पुर्याउनुपर्ने भन्दै चार बुँदामा सुझाव दिएका छन्।
२. अन्तरिम सरकारले निष्ठापूर्वक कार्यादेश पूरा गर्नुपर्ने: अहिलेको अन्तरिम सरकार कसैको दयामाया र कृपाले नभई जेनजी विद्रोहको बलमा गठन भएको उनको धारणा छ। त्यसैले सरकारले भित्री-बाहिरी कुनै शक्तिको डरत्रास नमानी आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेकोमा स्पष्ट हुँदै प्राप्त कार्यादेश पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्नुपर्ने उनले बताए।
३. राज्यका स्थायी अंगहरूले पूर्ण सहयोग गर्नुपर्ने: मुख्य कार्यकारी अंग अन्तरिम सरकारबाहेक राज्यका अरू स्थायी अंगहरू (कर्मचारीतन्त्र, न्यायालय, सुरक्षा अंगहरू, संवैधानिक आयोगहरू, प्रदेश र स्थानीय सरकारहरू) ले पनि बदलिएको परिवेश र जेनजी विद्रोहको दूरगामी महत्त्व लाई आत्मसात् गर्दै कुनै किन्तुपरन्तु नगरी सहयोग गर्नुपर्ने भट्टराईले जोड दिएका छन्। चित्त नबुझेमा पदत्याग गरेर मार्ग प्रशस्त गर्नु उचित हुने तर असहयोग र अन्तरध्वंश गर्नु नहुने उनको भनाइ छ।
४. गैर-राज्य क्षेत्रको सक्रिय जिम्मेवारी: उनले लोकतन्त्रको ओझेलमा परेको महत्त्वपूर्ण विषय औँल्याउँदै विशाल गैर-राज्य क्षेत्रका उद्यमी-व्यवसायी, सार्वजनिक बौद्धिक र आम नागरिकहरूले पनि सचेतनापूर्वक यो अन्तरिम कालमा आफ्नो दायित्व जिम्मेवारीपूर्वक र सक्रियतासाथ निर्वाह गर्नुपर्ने सुझाव दिएका छन्।