Artharajniti ~ नेकपा (एमाले)का नेता महेश बर्तौलाले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्ने माग गर्नुभएको छ । राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई गिरफ्तार गर्नुपर्ने उहाँको माग छ । आफ्नो सामाजिक सञ्जालमा प्रहरी प्रशासन सम्बन्धी तथा हातहतियार सम्बन्धी सम्पूर्ण जानकारी हुनुपर्ने उल्लेख गर्दै उहाँले गृहमन्त्री अर्यालले जेनजीको आन्दोलनभित्र सुनियोजित रुपमा घुसपैठ गरी शान्ति भड्काउने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कार्यका स्टेकहोल्डर भएको भन्दै तत्काल गिरफ्तार गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘राज्य बिरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनु पर्दछ’ प्रहरी बाट लुटिएका हतियारहरु ९बन्दुक र गोली० कहाँ र को सँग छ भन्ने सुचना र जानकारी अहिलेका गृहमन्त्री लाई शतप्रतिसत रहेको हुनुपर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरु सहित जेनेरेसन जेडले गरेको शान्तिपुर्ण आन्दोलन भित्र सुनुयोजित घुसपैठ गरि शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन । हाम्रो इतिहास , सम्पदा र दस्तावेज हरु छानी छानी नष्ट गर्ने, ब्यक्तिका घरहरु, ब्यवसायिक भवनहरु तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनि प्रायोजित उत्प्रेरक समेत हुन ।सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीहरु लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका बिरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन यिनी । शुद्ध नेपाली जेन जी हरुले पनि यो कुरा बुझुन कि शान्तिपुर्ण आन्दोलन भित्र उनको घुसपैठको यहि नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र सफत ग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणहरुमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाणहरु रहँदारहँदै पनि कानुनी कारवाही नगर्न लिखित निर्देशन नै दिए । जसका कारण अहिले मुलुकमा अराजकता , दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको छ । त्यसैले सतहमा उद्घाटित यी सबै गम्भिर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्री लाई पदबाट बरखास्त गरि राज्य बिरुद्धको अपराधमा तत्काल गिरफ्तार गरि अनुसन्धान प्रकृया अगाडी बढाइनु ।
“गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्छ ” : महेश बर्तौला
