बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी

Machchapuchchre Bank

Artharajniti  ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी पनि परेको छ। युवराज सफल भनिने युवराज पौडेलले मेयर शाह र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। राजद्रोह गरेको कसुरमा जाहेरी परिसरमा दिइएको छ। उक्त जाहेरीलाई भदौ २३ र २४ गतेको घटनासम्बन्धी बनेको जाँचबुझ आयोगमा पठाउने तयारी छ। यस्तै मंगलबार एमालेनिकट अनेरास्ववियुले पनि मेयर बालेन र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जाहेरी दिएको थियो। त्यसलाई पनि आयोगमै पठाउने तयारी छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्