वित्तीय प्रणालीबाट ५० अर्ब अधिक तरलता खिच्दै राष्ट्र बैंक

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दैछ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन तथा अन्तर बैंक ब्याजदरलाई थप घट्न नदिन उक्त रकम खिच्ने भएको हो । केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण मार्फत २५ दिन अवधिका लागि प्रणालीको ५० अर्ब माग गरेको छ । बैंक तथा वित्तीय संस्थाले तरलता अवस्था हेरेर बढी भएको मात्रै केन्द्रीय बैंकलाई दिनेछन् ।बिहीबार बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा राखेको २ खर्ब ३७ अर्ब रुपैयाँ बराबर स्थायी निक्षेप परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ । उक्त रकम प्रणालीमा आउँदा अन्तरबैंक ब्याजदर थप घट्न सक्ने भएकाले केन्द्रीय बैंकले स्थायी निक्षेप निष्कासन गरेको हो । मंगलबार वित्तीय प्रणालीमा करिब ५७ अर्ब रुपैयाँ तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । साथै, वित्तीय प्रणालीमा धेरै भएको तरलता केन्द्रीय बैंकमा ६ खर्ब ३६ अर्ब थुप्रिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्