नेपाल बैंकको नाफा १३२ गुणा बढ्यो

Machchapuchchre Bank

Artharajniti   ~  नेपाल बैंकको नाफा एक वर्षको अन्तरालमा १३२ गुणा बढेको छ । बैंकले गत आर्थिक वर्ष ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सार्वजनिक अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष सोही अवधिमा यस्तो नाफा २८ करोड ४२ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी बढ्नु र नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट चार्ज) घट्नुले नाफामा प्रभाव परेको हो । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ८ अर्ब ६३ करोड रहेकोमा गत आर्थिक वर्ष १० अर्ब ८ करोड छ । त्यस्तै अघिल्लो आर्थिक वर्ष ४ अर्ब ७५ करोड रुपैयाँ नोक्सानी व्यवस्थापन रकम छुट्याएकोमा गत आर्थिक वर्ष यो रकम घटेर १ अर्ब ९ करोडमा झरेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानीमा उच्च वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १९ पैसा रहेकोमा गत आर्थिक वर्ष २५.६८ रुपैयाँ छ । नाफामा उच्च वृद्धि भए पनि बैंक यो वर्ष लाभांश दिन नसक्ने अवस्थामा छ । वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ । अर्थात् प्रतिसेयर वितरणयोग्य नाफा ३ रुपैयाँ ६ पैसा ऋणात्मक छ ।बैंकको निष्क्रिय कर्जा सामान्य बढेको छ । अघिल्लो आर्थिक वर्षमा कुल कर्जामा निष्क्रिय कर्जा अंश ४.३३ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष असार मसान्तसम्म ४.४७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २५९ रुपैयाँ ८१ पैसा छ । बुधबार बैंकको सेयर मूल्य २८२.९२ रुपैयाँ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्