Artharajniti ~ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ‘नेपालपे कार्ड’ मा आबद्ध भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा नेसनल कार्ड स्विच (एनपीएस–एनसीएस) तथा नेपालपे कार्डमा आबद्ध भएको हो । सम्झौतापत्रमा एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । एनपीएस–एनसीएस पूर्वाधार तयारी पूरा भएसँगै एनसीएचएलले बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालकै आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड–इस्यु र अक्वायर गर्न आग्रह गरेको छ । कमर्सियल रोलआउटपछि एनआईएमबीले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड जारी गर्ने र प्रयोग गराउने सुविधा उपलब्ध गराउने छ । एनपीएस–एनसीएस प्रणालीले विभिन्न कार्ड स्विचहरूबीच अन्तरसम्बन्ध स्थापित गर्दै कार्ड कारोबारको राउटिङ, सेटलमेन्ट र डाटा लोकलाइजेसनमा सघाउ पुर्याउने छ । यसले कार्ड कारोबार लागत घटाउने, प्रविधिमा आत्मनिर्भरता बढाउने र डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ‘नेपालपे कार्ड’ मा आबद्ध
