ग्लोबल आईएमईले पायो २०२५ का लागि उत्कृष्ट बैंकको उपाधि

Machchapuchchre Bank

Artharajniti  ~  ग्लोबल फाइनान्स म्यागजिन एसिया प्यासिफिकले २०२५ का लागि नेपालको ग्लोबल आईएमई बैंकलाई उत्कृष्ट बैंक घोषणा गरेको छ । प्रतिष्ठित यो पुरस्कार एसिया प्यासिफिकका शीर्ष बैंकलाई प्रदान गरिँदै आएको छ । ३२ औं संस्करणमा पनि नेपालको तर्फबाट ग्लोबल आईएमई बैंकले उत्कृष्ट मान्यता पाएको हो । ‘लगातार दुई वर्ष यो मान्यता प्राप्त गर्नुले हाम्रो बलियो प्रदर्शन, रणनीतिक ध्यान र ग्राहकप्रतिको समर्पणलाई प्रतिबिम्वित गर्दछ’ बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले भने । डिजिटल क्षमता विस्तार गर्ने, खुद्रा तथा एसएमई सेवालाई सुदृढ गर्ने र समावेशितालाई बढाउँदै लैजानु नै बैंकको प्रगतिको प्रमुख कारण भएको उनले बताए । नेपालभर बैंकिङ सेवालाई प्रभावकारी बनाउन यो उपाधिले हौसलता प्रदान गरेको रेग्मीले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्