अर्थमन्त्री पौडेलले बोलाए गभर्नर सिफारिस समितिको बैठक

Machchapuchchre Bank

Artharajniti  ~  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक बोलाएका छन् । अर्थमन्त्री पौडेलले पहिलो पटक समिति बैठक बोलाएका हुन् । समितिको बैठक आज अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषनाथ पाण्डे सदस्य छन् । आज मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकबीच कुराकानी भएको थियो । उक्त कुराकानीपछि अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समिति बैठक बोलाएका हुन् । गभर्नरमा सभापति देउवाले प्रा.डा. विश्व पौडेलको नाम अघि सारेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्