प्रतिनिधिसभामा आज अर्थमन्त्री पौडेलले जवाफ दिने

Machchapuchchre Bank

Artharajniti  ~  प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुनेछ । शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकको सम्भावित कार्यसूचीमा उल्लेख भएबमोजिम आजको बैठकमा अर्थमन्त्री पौडेलले सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिन लाग्नुभएकाे हाे । स‌ंसद् सचिवालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ । सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयाे । प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि सोही प्रस्तावमा छलफल भइरहेको थियो । सभामुख देवराज घिमिरेको अध्यक्षता रहने कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्