बैंकका अनुसार अब कुवेतमा रहेका नेपालीहरूले कुवेतस्थित अल मुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरू, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ। साथै बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ। सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनिक गरिएको थियो। बैंकका पूर्व संचालक हरिभक्त सिग्देलले रचना गरेको उक्त कभर गीत बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सी तथा कार्यबाहक राजदुत राणाले संयुक्तरुपमा सार्वजनिक गरेका थिए। कार्यक्रममा कुवेतका लागि नेपालका राजदुत सुजनी राणा, गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा लगायत गैर आवासीय संघका प्रतिनिधिहरू, कुवेतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि लगायत सहभागी थिए।
माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता
