प्रधानमन्त्री ओली : ” बैंकहरु खराब साहुजस्ता भए “

Machchapuchchre Bank

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु खराब साहुजस्तो भएका बताएका छन् । पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । बैंकहरुले ऋणीहरुमाथि खराब साहुको जस्तो व्यवहार गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । ऋणी अप्ठ्यारोमा परेको बेला उसलाई सहयोग गर्नुको साटो झन् घाँटी निचोर्ने खालको व्यवहार बैंकबाट हुने गरेको प्रधानमन्त्री ओलीको टिप्पणी छ । प्रधानमन्त्री ओलीले भने, ‘अप्ठ्यारोमा पर्‍यो भने ऋण असुल गर्न हतार गर्ने होइन, ऋण थपेर त्यसको व्यवसायलाई टिकाएर बल्ल असुल गर्ने बाटो लिनुपर्छ । उद्योगहरुको सन्दर्भमा पनि त्यही हो ।’ उद्योगी व्यवसायीहरु अप्ठ्यारोमा परे भने बैंकहरुको ध्यान हतार–हतार असुल्नतिर जाने गरेको भन्दै प्रधानमन्त्रीले त्यस्तो व्यवहार नगर्न सुझाव दिए । कोही ऋणी भएर ऋण नतिरेर डुब्न नचाहने भन्दै प्रधानमन्त्री ओलीले कहिलेकाहिँ परिस्थितिले अप्ठ्याराहरु आउने बताए। अप्ठ्यारोमा परेकाहरुलाई मद्दत गर्न र तरिका मिलाएर ऋण उठाउन उनले बैंकहरुलाई सुझाव दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्