वित्तीय चेतनाका लागि ग्लोबल मनी विक मनाउँदै राष्ट्र बैँक

Machchapuchchre Bank

Artharajniti ~  नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक (जीएमडब्ल्यू) २०२५ मनाउने भएको छ । आगामी चैत ४ देखि १० गतेसम्म ग्लोबल मनी विक (जीएमडब्ल्यू ) मनाउने बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार मनी विकले वित्तीय ज्ञान, सीप र व्यवहारको विकास गर्ने उद्देश्य राखेको छ । उक्त अभियानले बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने बताइएको छ । विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवा माझ पुगिसकेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष (जीएमडब्ल्यू) विश्वभर मनाउने गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्