” बैंकिङ क्षेत्र धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएको छ ” : पूर्वकार्यकारी निर्देशक थापा

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकारअन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकारअन्तर्गतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले बैंकिङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएकाले काम गर्ने कर्मचारीहरूले नयाँ प्रविधिको प्रयोग गर्न आग्रह गरेका छन् । उनले भने, ‘काम गर्दा तपाईंहरूले केवल बैंकिङ प्रणालीका आधारभूत सीप मात्र होइन, अपार नवीनतम प्रविधिहरू र आर्थिक विश्लेषणका विविध पद्धतिहरू पनि सिक्ने अवसर पाउनुहुनेछ ।’थापाले बैंकिङ क्षेत्रका चुनौतीहरूको विश्लेषण गर्दै भने, ‘बैंकिङ अब केवल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने र ठूलो दबाब भई जागिर छोड्ने प्रवृत्तिहरू देखिन थालेका छन् । यो अवस्था सुधार्न प्रविधि र नयाँ सीपहरूको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ ।’उनले प्रविधिको प्रभाव र यसको महत्त्वलाई सम्बोधन गर्दै प्रविधिको युगमा बैंकिङ क्षेत्रका लागि नयाँ अवसर र चुनौतीहरू आएको बताए । ‘यदि तपाईं बैंकिङ क्षेत्रमा उत्कृष्ट करिअर बनाउन चाहनुहुन्छ भने तपाईंलाई डिजिटल प्लेटफर्म र प्रविधिसम्बन्धी ज्ञान प्राप्त गर्न अनिवार्य रूपमा ध्यान दिनुपर्छ । यससँगै ग्रीन फाइनान्स र माइक्रो फाइनान्सजस्ता नयाँ क्षेत्रमा पनि ध्यान दिन आवश्यक छ,’ उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्