“पूर्व राजालाई याेगेश भट्टराई : ” फेरि राजा बन्ने सपना नदेखे हुन्छ “

Machchapuchchre Bank

Artharajniti  ~  नेकपा एमाले नेता याेगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने सपना नदेख्न चेतावनी दिएका छन्। प्रजातन्त्र दिवसका अवसरमा शाहले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै भट्टराईले आफ्नै कारणले राजतन्त्र अन्त्य भएको नबिर्सन आग्रह गरे।’उहाँकै कारण राजतन्त्रको अन्त्य भएर जनताको शासन गर्ने गणतन्त्र आएको हो,’ आज बिहान सुर्खेतका आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘फेरि राजा बन्छु भन्नु सुहाउँदो कुरा होइन ।’ जनताले फ्याँकिसकेकाे राजतन्त्र अब फर्कन नसक्ने पनि उनको दाबी छ। उनले अगाडि भने, ‘उहाँको वक्तव्यपछि राजावादीहरू चम्किँदै छन्, गणतन्त्र फेल भयो भनेर मौका मागिरहेका छन् । २५० वर्षसम्म मौका दिएकै हो ।’ दरबार हत्याकाण्ड हामीले गरेको हो र ? भन्दै प्रश्न समेत गरे। दरबार हत्याकाण्डकै कारण राजतन्त्र समाप्त भएको उनको भनाइ छ। ‘अब त्यो संस्था फर्केर आएर देश चलाउन सक्छ भन्ने सम्भावना छैन,’ उनले थपे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्