चालु आर्थिक वर्ष २०८१/ ८२ को सात महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूले ५.६२ प्रतिशतले कर्जा वृद्धि गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा कर्जा वृद्धि गरेका हुन् । २० वाणिज्य बैंकहरूको सात महिनाको निक्षेप ४.२१ प्रतिशत वृद्धि हुँदा कर्जा लगानी ५.६२ प्रतिशतले बढेको छ । गत असारमा २० वाणिज्य बैंकहरूको कर्जा लगानी ४५ खर्ब ७१ अर्ब रुपैयाँ थियो । पछिल्लो सात महिनामा करिब २ खर्ब ५७ अर्बले बढेर ४८ खर्ब २७ अर्ब पुगेको छ । त्यस्तै बैंकहरूको निक्षेप संकलन पनि ५७ खर्ब ५४ अर्ब रुपैयाँबाट बढेर ५९ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । गत साउनमा बैंकहरूको कर्जा लगानी ४५ खर्ब ७३ अर्ब रुपैयाँ थियो भने निक्षेप संकलन ५७ खर्ब १६ अर्ब रुपैयाँ थियो । चालु आवको भदौमा कर्जा लगानी ४६ खर्ब २६ अर्ब रुपैयाँ थियो भने निक्षेप संकलन ५७ खर्ब ८९ अर्ब रुपैयाँ थियो । त्यस्तै असोजमा पनि कर्जा लगानी ४६ खर्ब ८२ अर्ब रुपैयाँ थियो भने निक्षेप संकलन ५९ खर्ब २२ अर्ब रुपैयाँ थियो । कात्तिकमा बैंकहरूको कर्जा लगानी ४६ खर्ब ८० अर्ब हुँदा निक्षेप संकलन ५९ खर्ब ४ अर्ब रुपैयाँ थियो । मंसिरमा बैंकहरूको कर्जा लगानी ४७ खर्ब २२ अर्ब थियो भने निक्षेप संकलन ५९ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो । गत पुसमा बैंकहरूको कर्जा लगानी ४८ खर्ब १६ अर्ब रुपैयाँ रहेको थियो भने निपेक्ष संकलन ५९ खर्ब ८८ अर्ब रुपैयाँ रहेको थियो ।
२०८१/ ८२ को सात महिना : वाणिज्य बैंकहरूको कर्जा वृद्धि ५.६२ प्रतिशत
