घट्यो सुनचाँदीको मूल्य

Machchapuchchre Bank

Artharajniti  ~   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपाली बजारमा  सुनको आज मूल्यमा उच्च अंकको गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय  रुपैयाँ घटेको हो । शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँ रहेकोमा आइतबार २ हजार ७ सय रुपैयाँले घट्दै १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्