Artharajniti ~ नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हिजो अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ बढेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज घट्यो सुनको मूल्य, कति छ तोलाको ?
