३७ वर्षपछि स्ट्याण्डर्ड चार्टर्डले पायो पहिलो नेपाली सिइओ

Machchapuchchre Bank

Artharajniti  ~ स्थापनाको ३७ वर्षपछि विदेशी संयुक्त लगानीको बैंक स्टयाण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पहिलो पटक नेपाली नियुक्त भएका छन्। सन् २०२५ जनवरी एकदेखि लागु हुने गरेर बैंकमा गोरख राणा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।  हाल नायव प्रमुख कार्यकारी अधिकृत रहेका राणा ३० वर्षदेखि स्टयाण्डर्ड चार्टर्ड बैंकमै कार्यरत छन्। सन् १९८७ मा नेपालमा स्ट्याण्डर्ड चार्टर्ड बैंक सञ्चालनमा आएको थियो। हाल बैंकमा अनिर्वाण घोष दास्तिदार प्रमुख कार्यकारी अधिकृतमा छन्। उनी बैंकमा ६ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन्। राणा दिवंगत राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यकी छोरी श्रुती शाहका श्रीमान हुन्। २०५८ सालमा दरबार हत्याकाण्डमा श्रुतीसहित राजा वीरेन्द्रका सबै सन्तानको हत्या भएको थियो।रा

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्