” नेपालमा शक्तिराष्ट्रहरूको चलखेल बढ्यो ” : अध्यक्ष प्रचण्ड

Machchapuchchre

Artharajniti   ~  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढेको बताएका छन्। शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभामा अध्यक्ष प्रचण्डले समग्र विश्व परिस्थिति असाधारण, असामान्य ढंगले बढेको र नेपालमा पनि शक्ति राष्ट्रहरूको चलखेल बढेको बताएका हुन्। विश्वमा बढेको शीतयुद्धको केन्द्रबिन्दु नेपाल बन्नसक्ने खतरा विज्ञहरूले औंल्याएको पनि अध्यक्ष प्रचण्डको भनाइ छ। ‘चाहे रुस, युक्रेन युद्ध, ढाई वर्षदेखि चलिरहेको छ। त्यसको विश्वव्यापी असर छ। इजरायल र हमासबीच चलिरहेको लडाईं वा इरान र इजरायलको बीचमा कति बेला विष्फोट हुन्छ थाहा छैन। अहिले संसार तस्रो विश्वयुद्धको संघारमा छ। ढोकामै आइपुगेको छ भन्न पनि शुरु गरिएको छ। विश्व पहिलाको भन्दा पनि अुसरक्षित भएको छ। अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एशियामा पनि परेको छ। श्रीलंका, बंगलादेशको घटनालाई हेर्दा थाहा हुन्छ,’ उनले भने। यसलाई उपयोग गर्ने सके नेपालका निम्ति अवसर र नसके दुर्घटनामा जानसक्ने उनले बताए। ‘अहिले शक्तिराष्ट्रहरुको ध्यान र चलखेल नेपालमा अलि बढी नै छ। अन्तर्राष्ट्रिय परिस्थिति त्यस्तो छ, राष्ट्रिय परिस्थिति पनि सामान्य छैन,’ उनले भने। अध्यक्ष प्रचण्डले राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरु केही समय यता भएको बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्