Artharajniti ~ दुई साताको बीचमा दुई वटा हवाई दुर्घटना भएपछि नियामकको भूमिकालालाई लिएर संसद्मा प्रश्न उठिरहेका बेला सरकारले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ। साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको हो। कार्ययोजना समावेश विषयबारे भने सरकारले जानकारी दिएको छैन। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार सार्वजनिक गरेअनुसार मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको छ। यी दुवै विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्ष नाघिसकेको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको पनि दुई वर्ष पूरा हुन लागेको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति