” तीन महिनाको समय दिएर बिजुली जोडेका छौँ ” : कार्यकारी निर्देशक कुलमान

Machchapuchchre

Artharajniti   ~  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तीन महिनाको समय दिएर उद्योगमा काटिएको लाइन जोडिएको र त्यो अवधिमा नतिरे फेरि लाइन काटिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा घिसिङले तीन महिनाभित्र बक्यौता नतिरे प्राधिकरणले आवश्यक निर्णय लिने बताएका हुन् । ‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई फेरि तीन महिनाको समय दिएर लाइन जोडिदिएका छौँ । त्यतिबेलासम्म पनि उद्योगले बुझाउनुपर्ने पैसा बुझाएनन् भने प्राधिकरणले आवश्यक निर्णय लिनेछ,’ उनले भने । उनले केही उद्योगले भने लोडसेडिङको अन्त्य भएपछि पनि भुक्तानी गरिरहेको बताए । १७४ उद्योगले तिरेका छन् । बक्यौता नलिने भएमा लिएका उद्योगको पैसा फिर्ता गर्न तयार छौँ,’ उनले भने । कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरण अहिले ४६ अर्ब नाफामा भएको  बताए । ‘हाम्रो ४६ अर्ब सञ्चित नाफा छ । बक्यौता उठ्न बाँकी २१ अर्ब जोड्ने हो भने हामी ६० अर्ब नाफामा छौँ,’ उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्