सूचना प्रविधि र अनुसन्धान विधयेकविरुद्ध कांग्रेसले ज्ञापनपत्र बुझाउने

Machchapuchchre

काठमाडौँ । संसदमा छलफलका क्रममा रहेका दुई विधेयक सूचना प्रविधि र नेपाल विशेष सेवा विधेयकविरुद्ध कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

‘यी दुवै विधेयकले जनताका अधिकार कुण्ठित गर्ने भएकाले यो हामीलाई मान्य छैन, पुस २९ गते देशभर विरोध हुनेछ। सबै सिडिओ कार्यालयबाट सरकारलाई ज्ञापन पठाइनेछ,’ बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

कांग्रेसले आफ्नो दलका नेता वीरेन्द्र कनोडियालाई उखु किसानहरुलाई रकम भुक्तान गर्न पनि निर्देशन दिएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले उनलाई तुरुन्त पैसा तिर्न भनेको हो ।

महालक्ष्मी सुगर्सका सञ्चालक कनोडिया कांग्रेसको प्रदेश नम्बर ५ का संसदीय दलका उपनेता हुन्। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठकले उखु किसानको अन्य बाँकी भुक्तानी पनि तत्काल उपलब्ध गराउने पहल गर्नसमेत कनोडियालाई निर्देशन दिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्