‘सूचना प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गरियो’

Machchapuchchre

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्न खोजिएको बताएका छन् । उनले तथ्यलाई छोपेर भ्रम सिर्जना गर्न खोजिएको दाबी गरे ।

‘३६ वटा बुँदा संशोधन भएको नहेर्ने अनि आफूलाई के लागेको छत्यहीप्रचार गरेर भ्रमसिर्जना गर्न खोज्ने? त्यस हिसाबले समाचारहरु पनि आएका छन्,’ नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘ नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालहरुदर्ता गर्नेपर्छ।प्रत्येकले दर्ता गर्नुपर्छ भन्ने तरिकाले हल्ला फैलाइएको छ। ‘ उनले बजारको हल्लाको पछाडि नलाग्न आग्रहगरे।

यस्तै, विधेयकको धारा १५ को उपदफा २ मा कसैको बारेमा उजूरी पर्‌यो भने मात्रै सरकारले अनुसन्धान गर्ने उल्लेख भएको बताए। उनले कानून विपरीत नभए कसैलाई पनि कारबाही नहुने स्पष्ट पारे।

उनले समाजिक सञ्जालमा लेखे बापत १५ लाख रुपैयाँ र ५ वर्ष कैद सम्बन्धमा लेख्नु कुनै अपराध नभएको दाबी गरे।धारा ८८ मा उप धारा १ मा सार्वभौमसत्ताको विरुद्ध गएमा, सम्प्रदायिक खलल आदि गरेमा जरिवाना हुने उनले बताए।’स्वतन्त्रता छ भनेर सबैलाई जे पनि गर्ने? जे पनि लेख्न्रे? व्यक्तिगत रुपमा लक्षित भएर गाली नगरौँ,’मन्त्री बाँस्कोटालेभने।

‘मेरो आमाको निधन भइसक्यो। मलाई सोझै गाली गर्नुपर्यो। फलानीकी छोरी छोरो त्यस्ता शब्द लेखेर कुन सभ्यता तथा स्वतन्त्रता हो? त्यस्तालाई कारबाही गर्नुपर्दैन?,’ उनले भने। उनले राजनीतिमा विरोध गर्न मज्जाले पाइने तर तथ्यपरक विरोध गर्नुपर्ने बताउँदै निजी जीवनमा सरोकार नभएका निर्दोष बाबुआमालाई नमुच्छन आग्रह गरे।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्