राष्ट्रिय वाणिज्य बैंकद्वारा वृद्ध नागरिक सेवा समाजलाई २ लाख १६ हजार रुपैंया आर्थिक सहयोग !

Machchapuchchre

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वृद्ध नागरिक सेवा समाजलाई २ लाख १६ हजार रुपैंया बराबरको चेक रकम हस्तान्तरण गरेको छ । बैंकले चाबहिलस्थित उक्त समाजमा रहेका वृद्धवृद्धाहरुलाई भजनकिर्तन गर्न वाद्यबादन सम्बन्धि सामाग्री लगायतका कार्यालय उपकरणहरु खरिदका लागि साे रकम दिएकाे हाे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समाजका अध्यक्ष तारा प्रधानलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुको एकाङ्की जीवनबाट टाढा रहन भजनकिर्तनले सहयोग पुग्ने बताए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा.तारानाथ शर्मा, डा. गौरिशंकर लाल दाश, छत्र प्रधान, बैंकका विभागीय प्रमुख सरोज बस्नेत, बिष्णु बस्नेत, ईश्वर उप्रेती, वडा प्रतिनीधि लगायत जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्