एनआईसी एशिया बैंकको नयाँ शाखा ढुङ्गेधारामा पनि, ३ सय १३ स्थानमा पुग्यो शाखा सञ्जाल !

Machchapuchchre

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा विस्तारगरेको जनाएको छ ।

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६, ढुङ्गेधारा स्थित ढुङ्गेधारा, नर्सरी चोक शाखाको पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीले उक्त शाखाको उद्धघाटन गरेका हुन् ।

हाल बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्