Artharajniti ~ नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बैंक पनि मिटरब्याजी नै भएको बताएका छन् । शुक्रवार एमाले निकट बैंक, बीमा तथा वित्तीय कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । अरुले कमाउन नसकिरहेका बेला बैंकले कसरी कमाइरहेको छ भनेर प्रश्न गरे । ‘बैंकले कमाउने त्यो तरिका के हो ? त्यसैले बैंक पनि मिटरब्याजी नै हो’, अध्यक्ष ओलीले भने । उनले तीन/तीन महिनामा ब्याज साउमा गाभेर रकम असुल्ने गरेकाले त्यो पनि मिटरब्याज नै भएको बताए । उनले ऋणीहरू मरेको मर्यै भएको बताए । अध्यक्ष ओलीले बैंकको अलवा बीमा तथा अन्य वित्तीय क्षेत्रबारे थुप्रै प्रश्नहरू उठेको भन्दै यसबारेमा यथार्थ दृष्टिकोण आउनुपर्ने बताए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति