” ज्ञानेन्द्र शाह कुशका मात्र राजा थिए ” : अध्यक्ष ओली

Machchapuchchre

Artharajniti   ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन् । दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए । शनिबार पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको बताएका थिए । एमाले अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको उनले बताए । दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको भन्दै उनले भने, ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्‍यो । राजतन्त्र समाप्त गर्‍यो ।’ राजाको जेठो छोरा राजा हुने व्यवस्था भए पनि कान्छो छोराछोरी समेत मारिएकाले त्यही बेला राजतन्त्र समाप्त भएको उनले बताए । यद्यपि त्यसबेला सरकारको कमजोरीका कारण ज्ञानेन्द्र शाहलाई ल्याएर सजाएर राख्ने काम भएको ओलीले बताए । ‘ज्ञानेन्द्र शाह राजा होइन’ , ‘बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, ज्ञानेन्द्र शाह त्यस्तै कुशको राजा हुन् ।’ उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्