वाणिज्य बैंकहरूको खराब कर्जा बढेपछि लगानीकर्ता निराश

Machchapuchchre

Artharajniti  ~  बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या छैनन’, यो भनाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हो । उनले बुधवार राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै यस्तो भनेका थिए । सामान्यरुपमा हेर्दा गभर्नरको यो भनाई आशावादी हो । किनकि कुनै समय ६० प्रतिशतसम्म निष्क्रिय कर्जा देखिएका बैंकहरु अहिले प्रतिस्पर्धी र व्यवसायीक बनेका छन् । तर, समस्या यहीनेर छ की गभर्नरले नै औँल्याएको निष्क्रिय कर्जाको समस्या नेपालको वित्तीय क्षेत्रका लागि वास्तवमै डरलाग्दो समस्या हो । गभर्नरले स्वीकार नगरेको भए पनि त्यो समस्या ‘ठूलो समस्या’ हो । यसो भन्नका लागि केही आधारहरू छन् । जस्तो की वाणिज्य बैंकहरुसंग ठूलो रकम निक्षेपकारुपमा रहनु र लगानी गर्न नसक्नु नै अहिले प्रमुख समस्या बनेको छ । यी तिनै वाणिज्य बैंकहरु हुन् जसले यसअघिको दुई वर्षमध्ये लगभग डेढ वर्ष चरम तरलता अभावमा गुजारेमा थिए । सामान्य ढङ्गले हेर्दा नै के बुझ्न सकिन्छ भने अधिक तरलता र तरलता अभाव दुबै चरम अवस्थामा पुग्नु वित्तीय स्वास्थ्यको लागि अवश्य पनि राम्रो होइन ।  चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक भएपछि आम लगानीकर्ताहरूलाई निराश बनाएको पक्ष नै बढ्दो खराब कर्जा नै हो । वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा ३.२७ प्रतिशत पुगेको देखिएको छ । जसले शेयर बजार र उच्च ब्याजदरका कारण दुखी बैंकका लगानीकर्ताहरूलाई थप निराशामा धकेलेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरुबाट अपेक्षाकृत लाभांश नपाउँदा लगानीकर्ताहरू निराश थिए । यस पटक त अवस्था सुध्रिएला र बैंकहरुबाट केही लाभांश पाइएला भनेर आशा गरिरहेका लगानीकर्ताहरूको विश्वासमा दोस्रो त्रैमासको रिपोर्टले तुसारापात गरिदिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्