Artharajniti ~ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरुमाथि ऋण प्रवाहमा विभेदकारी नीति लिएको आरोप लगाएका छन्। उनले मंगलबार कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले विराटनगरमा गरेको कार्यक्रममा बैंकले किसानलाई जति धाउँदा पनि ऋण दिन नमानेको तर व्यापारीलाई भने बोलाइबोलाइ दिने गरेको बताए। ‘बैंकहरुमा तरलता बढेको छ भनिन्छ। तर ऋण लिन जाँदा किसानले पाउँदैनन्,’ उनले भने, ‘सरकारले कृषकलाई ५ प्रतिशतमा लोन दिने भनेको छ। तर तपाईंहरु ४० लाखका लागि जानोस्, बैंकले किसानलाई ऋण दिँदैन। तर व्यापारिक घारानालाई सत्कारसहित तत्कालै एक अर्ब दिन्छन्।’ उनले बैंकर र व्यापारी एउटै व्यक्ति भएकाले किसानहरु ऋण पाउनबाट वञ्चित भएको बताए। ‘कि त बैंकर बन्नुस् कि त उद्योगी,’ कोइरालाले भने, ‘त्यतिमात्र होइन एउटै घरानाको इन्स्योरेन्स र रि इन्स्योरेन्स छ। अनि कसरी हुन्छ देशको विकास ? ’उनले बताए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति