बैंकमा तरलता बढेपछि नेप्सेमा ३६.५७ अंकको सुधार

Machchapuchchre Bank

Artharajniti  ~  सेयर बजार परिसूचक सोमबार ३६.५७ अंकले बढेको छ। म्युचुअल फण्डबाहेकका बाँकी समै उपसमूहले नप्से २०५९.४९ अंकमा पुर्‍याएका हुन्। नेप्से पछिल्लो दुई कारोबार दिनमा ३५ अंकले घटेको थियो। सोमबार जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ३.७२ प्रतिशतले बढेको छ। २१२ कम्पनीका लगानीकर्ताले कमाउँदा सिंगटी हाइड्रो मोदी इनर्जी लगायत ८ कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको छ। हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य पनि पहिलो कारोबार दिन सर्किट लागेर बढेको छ। यो कम्पनीको मूल्य प्रति कित्ता ३४०.१० रुपैयाँ पुगेको छ। बैंकहरुमा तरलता बढेका कारण माघबाट ब्याजदर अझै घट्ने स्थिति आएकाले त्यसको प्रभावस्वरुप नेप्से बढेको विश्लेषण गरिएको छ। ऋण विस्तार नहुने देखिएपछि बैंकहरुले माघ १ गतेबाट लागू हुने गरी ब्याजदर थप घटाउने गृहकार्य थालेका छन्। यस्तै बीमा कम्पनीहरुले सेयर बजारमा लगानी गर्न पाउने सीमा बढाइनुलाई पनि नेप्सेमा वृद्धिको कारण मानिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्