Artharajniti ~ महँगोमा उठाएको निक्षेपको लागत बढ्ने तर आम्दानीको स्रोत ऋण विस्तार नहुने देखिएपछि बैंकहरुले माघ १ गतेबाट लागू हुने गरी ब्याज दर थप घटाउने गृहकार्य थालेका छन्। साउनदेखि नै निक्षेपको ब्याज दर घटाउन थालेपछि ऋणको ब्याज अपेक्षित रूपमा घटिसकेको छैन। लामो अवधिको निक्षेप उठाएका कारण बैंकहरुले त्यसको ब्याज घटाए पनि ऋणमा त्यसको प्रभाव देखिएको छैन। त्यही भएर बैंकहरुले माघ १ गतेबाट लागू हुने निक्षेपको ब्याज थप घटाउने भएका हुन्। निक्षेपको ब्याज घटाएपछि आधार दर केही कम हुन्छ र ऋणको ब्याज घट्छ। तर आधार दर तीन महिनाको औसतमा गणना हुने, बैंकहरुले एक वर्षभन्दा बढी अवधिको निक्षेप स्वीकार्ने जस्ता कारणले ऋण अझै महँगै छ। ऋणको ब्याज महँगो हुन्जेल नयाँ माग नआउने बैंकरको बुझाइ छ। ‘ब्याज त घटिरहेको छ, तर अपेक्षा गरेजस्तो घटेको छैन,’ एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘अर्कोतिर बजारमा नयाँ पैसा आएको छैन। सरकारी खर्च भएको भए त्यो आउँथ्यो। सरकारले खर्च नगरेपछि निजी क्षेत्र ऋण लिन उत्साहित छैन।’ बैंकरका अनुसार, अहिले भएको ऋण मिलाउन थप पैसा माग्न ग्राहक आउँछन्। तर त्यो दिन बैंकर इच्छुक छैनन्। त्यसबाहेक जलविद्युतमा अलिअलि माग छ। नभए कुनै पनि क्षेत्रमा ऋणको माग आएको छैन।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति