ग्लोबल आईएमई बैंक देशकै अब्बल बैंक बन्दै

Machchapuchchre

Artharajniti  ~  ‘ग्लोबल आईएमई बैंक’ आफ्नो व्यावसायिक यात्राको १७ औँ वर्षमा प्रवेश गरेको छ । देशकै सफल अनि अब्बल बैंक व्यावसायिक आरोह–अपरोह साना तथा छरिएर रहेका विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गर्दै ग्लोबल आईएमई बैंक देशकै वृहत् बैंक बन्न सफल भएको हो ।  बैंकले आफ्नो १७ औँ वर्ष गाँठ मनाउँदै गर्दा पुँजीको आकार, वित्तीय कारोबार, सेवाग्राही सङ्ख्या, सेवा प्रभावकारी र शाखा सञ्जालको हिसाबले वृहत् र अब्बल बैंक बन्न सफल भएको छ । उसो त बैंकसँगै मुलुकको अर्थतन्त्र समेत अब्बल बनाउन लागिपरेको बैंकले सबै क्षेत्रका सबै नागरिकलाई, सानोदेखि ठूलासम्म वित्तीय पहुँचमा पु¥याउने लक्ष्यसहित अघि बढिरहेको बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ । ठुलो आकारको बैंक बनेसँगै ठुला पूर्वाधार निर्माणमा लगानी गर्न र यस्तो कठिनाइ भोगिरहेका उद्योग व्यवसायीका लागि समेत यसले राहत दिएको छ । सबै क्षेत्र र समाजका ग्राहकहरूलाई उच्च स्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकले आम जनमानसमा ‘सबैका लागि बैंक’ भन्ने दृष्टिकोणसहित बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ  । त्यसो त आकार र वित्तीय सूचांंकमा मात्र ठुलो देखिनु होइन ग्लोबल आइएमई बैंकले साँच्चै मुलुकको वित्तीय क्षेत्रमा समेत रचनात्मक र गुणात्मक परिवर्तन ल्याउनेगरी वृहत् पुँजी वृद्धिको सङ्कल्पसहित मर्जर नीतिलाई प्राथमिकता दिँदै आएको छ । जसका कारण हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आइएमई बैंकमा समाहित भइसकेका छन् भने उपयुक्र्त मर्जर नीतिले छोटो समयमा नै बैंक देशकै ठुलो र अब्बल बैंक बन्न सफल भएको छ ।

ग्लोबल आईएमई बैंकले नेपालको बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्ने बैंक बनेर गत वर्ष इतिहास रचेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरी नेपाल सरकारबाट सबै भन्दा बढी कर दाखिला गर्नेमा सम्मानित भइसकेको छ । ग्लोबल आइएमई कुल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठुलो बैंक बनेको छ । सबैका लागि बैंक भन्ने नारालाई आत्मसात गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृष्ट, सबल र विश्वसनीय बैंकको रूपमा स्थापित गरिसकेको छ । हाल बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३ सय ५१ शाखा, ३ सय ७६ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको न्यूँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फत समेत बैंकिङ सेवा दिइरहेको छ । चुक्ता पुँजीको आधारमा सबैभन्दा अब्बल बनेको यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले यस वर्ष १ प्रतिशत बोनस र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले १२ वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो । सो वर्ष बैंकले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । हरेक वर्ष बोनस शेयरमा जोड दिदै आएको बैंकले सोही वर्ष सबैभन्दा धेरै नगद लाभांश पनि वितरण गरेको थियो ।  आर्थिक वर्ष २०७५-७६ मा बैंकले १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्