Artharajniti ~ बजारमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक)ले मंगलबार थप १० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले गत आइतबार निक्षेप संकलन उपकरणमार्फत १० अर्ब रुपैयाँ तानेको थियो । बैंक तथा वित्तीय संस्थामा झन्डै ६ खर्ब रुपैयाँ बराबरको तरलता थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत एकपछि अर्को गर्दै निक्षेप तानिरहेको छ । तीन दिनको अन्तरालमा केन्द्रीय बैंकले २० अर्ब तरलता प्रसोचन गर्ने भएको छ । बैंकको सूचना अनुसार २०८० पुस ३ गते अपराह्न २ बजे अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत १० अर्ब रुपैयाँ निक्षेप संकलनको बोलकबोल हुनेछ । उक्त निक्षेप संकलनको आजै निष्कासन हुने समेत केन्द्रीय बैंकले जनाएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति