एकैदिन एक हजार तीन सय रूपैयाँ घट्यो सुनको मूल्य

Machchapuchchre Bank

Artharajniti  ~  शनिबार र आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार यी दुवै दिन स्थानीय बजारमा सुनको कारोबार प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा भइरहेको छ। अन्तर्राष्ट्रिय बजार बन्द रहने भएकाले यहाँ शनिबारकै मूल्य आइतबार पनि कायम हुन्छ। शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुन्छ। गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार तीन सय रूपैयाँले कमी हो। गत शुक्रबार सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार एक लाख १८ हजार ८ सय रूपैयाँ थियो। आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार भने चाँदी प्रतितोला एक हजार चार सय ७० रूपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्