Artharajniti ~ नेपाल राष्ट्र बैंकले असोज १९ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्ने भएको हो । आगामी शुक्रबार अर्थात् असोज १९ गते बिक्री हुने विकास ऋणपत्रको बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले यस विकास ऋणपत्रमा लगानी गर्न सक्नेछन् । तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पु¥याएर ऋणपत्रका लागि आवेदन दिन सकिनेछ । बैंकका अनुसार कूल बिक्री हुने ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ आपसी प्रतिस्पर्धामा बिक्री गरिनेछ भने बाँकी १ अर्ब ५० करोड विनाप्रतिस्पर्धा बिक्री गरिनेछ । खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । २०८० असोज १९ गतेदेखि सुरु हुने ऋणपत्र २०८८ असोज १९ गते गते परिपक्व हुनेछ । ऋणपत्रको ब्याज भने अर्धवार्षिक अर्थात् ६/६ महिनामा प्रदान गरिने केन्द्रीय बैंकले जनाएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति