स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमै, भोलि अन्त्यष्टि गरिदै

Machchapuchchre

Artharajniti  ~  हृदयघातबाट मंगलबार बिहान निधन हुनुभएका संविधान सभा अध्यक्ष एवं पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज पनि श्रद्धाञ्जलीकालागि पार्टी केन्द्रिय कार्यालय च्यासलमा राखिएको छ ।आज दिउँसोसम्म उहाँको पार्थिव शरीर पार्टी कार्यालयमा राखेपछि आज दिउँसोबाट भने उहाँको निजी निवासमा राखिने छ । भोलि उहाँको पार्थिव शरीरको अन्त्यष्टि गर्ने बताइएको छ । उहाँको पार्थिव शरीरको अन्त्यष्टिको दिन सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ । उहाँलाई राजकीय सम्मनको साथ अन्त्यष्टि गरिने सरकारको घोषणा छ । नेम्वाङ गत साल भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो ।नेता नेम्वाङले ३० हजार २० मत ल्याएर निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्का (२९ हजार ९ सय ६ मत) लाई पराजित गर्नुभएको थियो । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष/सभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो ।

विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बन्नुभएका उहाँ त्यस लगत्तै पुनः राष्ट्रिय सभा सदस्य हुनुभएको थियो । प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो ।प्रतिनिधि सभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए । विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) समेत हुनुहुन्थ्यो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्