हकप्रद जारी गर्न लागेको अपर तामाकोशीले डाक्यो साधारणसभा

Machchapuchchre Bank

अर्थ राजनीति  ~  शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले भदौ ६ गतेका लागि १५औं वार्षिक साधारणसभा डाकेको हो। सभामा खासै महत्त्वपूर्ण एजेण्डा छैनन्। नियमित एजेण्डा लगिने भएको छ। वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको पारिश्रमिकलाई एजेण्डाका रुपमा राखिएको छ। विशेष प्रस्ताव भनेर सामाजिक संस्थाहरुलाई गरिएको आर्थिक सहयोग अनुमोदनलाई राखिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्