अर्थ राजनीति ~ बैंक तथा वित्तीय संस्थामा तरलता सहज भएता पनि हाल ब्याजदर भने स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गत वैशाखदेखि कायम ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिने निर्णय गरेको हो । ब्याजदरको चर्को विरोध भएपछि वैशाखमा संघले ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको थियो । वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव ९९ प्रतिशत कायम छ । संस्थागत निक्षेपकर्ताको ब्याजदर ७ दशमलव ९९ प्रतिशत र साधारण बचतको ब्याजदर ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशत कायम छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति