मेयर बालेन साहले नवउद्यमीका लागि सामाजिक संजालमार्फत मागे आइडिया

Machchapuchchre Bank

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आइडिया बैंकका लागि आवेदन पेश गर्न महानगरवासीलाई आब्हान गरेका छन्। आफ्नो चुनावी घोषणापत्रमा रहेको आइडिया बैंक कार्यक्रमलाई काठमाडौं महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गर्दै आवेदन खुल्ला गरेका हुन्। कार्यक्रमलाई काठमाडौं मेट्रो आइडिया एण्ड इनोभेसन  २०८० नाम दिइएको छ। दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विकासका लागि यो कार्यक्रम ल्याएको उनले सामाजिक संजालमा उल्लेख गरेका छन्।‘तपाईसँग आइडिया छ, तपाईले महानगरभित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाईँ विद्यार्थी हुनुहुन्छ, आफ्ना आइडियालाई व्यवसायमा परिणत गर्न चाहनुहुन्छ,’ भन्दै उनले आइडिया बैंकका लागि आवेदन दिन अपिल गरेका छन्। सहरी विकासका विभिन्न विषयगत क्षेत्रहरूलाई समेटेर ५ वटा क्याटगोरीमा आवेदन माग गरिएको छ। इच्छुकले जेठ १९ गते भित्र निवेदन दिइसक्ने पर्नेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्