” मौद्रिक नीतिको समिक्षा अपेक्षा गरे जस्तो छैन”: अध्यक्ष ढकाल

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले निजी क्षेत्रले अपेक्षा गरे जस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिको समिक्षा पर्याप्त नभएको दाबी गरे । उनले चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको बताए । उनले राष्ट्र बैंकले बैंकको कर्जामा पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा दिएपनि ५ करोडमा मात्रै सिमित भएको बताए । उनले असार मसान्तसम्म बैंकको कर्जामा ५ करोड सम्मको मात्रै पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा पर्याप्त नभएको बताए । उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा महासंघले दिएका सुझावहरु सम्बोधन नै भएनन् भन्न नमिल्ने पनि बताए । उनले अर्थतन्त्रमा समस्या र चुनौतीहरु धेरै देखिएकाका भन्दै सम्बोधन गर्न मौद्रिक नीति पर्याप्त नभएको दाबी गरे । उनले महासंघले दिइएका सुझावहरु सबै मौद्रिक नीतिको समिक्षामा सम्बोधन नभएको भन्दै सम्बोधन हुन बाँकी सुझावहरु आगामी मौद्रिक नीतिले र बजेटले सम्बोधन गर्नुपर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्